logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

गाैरिफन्टाबाट १८ सय नागरिक नेपाल फर्किए


  • राजनीति
  • बिहिबार, जेष्ठ ८ २०७७

स्वदेश फर्किन कैलालीको गौरिफन्टा नाकामा १४ सयभन्दा बढी नेपाली जम्मा भएका छन् । उनीहरुमध्ये कैलाली र कञ्चनपुरका नागरिकको नाकामै र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना परीक्षण गरेर प्रवेश गराइने सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए ।

आरडीटी किट अभावका कारण अरु जिल्लाका नागरिकलाई सम्बन्धित स्थानीय तहले परीक्षण गरी क्वारेन्टाइनमा राख्ने गरी स्वदेश फर्किन दिइने उनले जानकारी दिए ।

‘कैलाली र कञ्चनपुरका नागरिकहरुको यहाँ परीक्षण हुन्छ’ जोशीले भने, ‘त्यसपछि किट पुगेन भने स्थानीय तहले नै परीक्षण गर्ने छ ।’

सीमा क्षेत्रमा स्वास्थ्यकर्मीले कैलाली र कञ्चनपुरका नागरिकको आरडीटी परीक्षण गरिरहेका छन् । कैलालीमा ८ सय मात्र आरडीटी किट रहेकाले सबैको परीक्षण गराउन नसकिने उनको भनाइ छ ।

‘अहिले परीक्षण भएकाहरु पनि उद्धारको पर्खाइमा हुनुहुन्छ’ उनले भने, ‘स्थानीय तहले सवारी पठाएपछि उनीहरुलाई गन्तव्यमा पठाउँछौँ ।’

बिहीबार पनि कैलालीको गौरिफन्टा नाकाबाट ८५८ जना नेपालीलाई स्वदेश फर्काइएको थियो

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार