logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

आफ्ना नागरिक उद्दारमा कर्णाली सरकार, २ हजार बढी भित्रिए


  • राजनीति
  • शुक्रबार, जेष्ठ ९ २०७७

कर्णाली प्रदेशको प्रमुख प्रवेशद्वार भेरीगङ्गा नगरपालिका–५, बबईमा एक हजार २०७ नागरिक आइपुगेका छन् । भारतका विभिन्न ठाउँबाट नेपालगञ्ज जमुनाह तथा पश्चिम गड्डाचौकी नाका हुँदै आज मात्र उनीहरू यहाँ आइपुगेका हुन् ।

प्रवेशद्वारमा आइपुग्ने सबै कर्णालीवासी नागरिक रहेको कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिए । उनका अनुसार दैलेखका ५००, सुर्खेतका ३२०, सल्यानका २६६, जाजरकोटका ७७ र कालिकोटका ४४ नागरिक रहेको छन् ।

उनले भारतबाट सयौँको सङ्ख्यामा कर्णालीवासी नागरिक भित्रिँदै गरेको यस परिवेशमा प्रदेश सरकारले सबैको आरडिटी गर्ने यद्यपि स्थानीय सरकारसहित नागरिक सबैलाई उच्च सतर्कताका अपनाएर आफ्नो दायित्व पूरा गर्न अनुरोध गरेका छन । उनले भने, “यतिमात्र होइन भारतबाट आउने सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ । नागरिकको स्वा,स्थ्य र सु,रक्षामा सरकार सं,वेदनशील भएर लागेको छ । सीमामा आरडिटी भएकाले पनि जिल्लामा अनिवार्य क्वा रेन्टाइनमा बस्ने गरिएको छ ।

प्रदेश सरकारले तत्काल आरडिटीका लागि आवश्यक किटसहित स्वा,स्थ्य जनशक्ति त्यहाँ पुगेको सामजिक विकासमन्त्री दल रावलले जानकारी दिए । “त्यहाँ पुगेका सबैको आरडिटी परीक्षण गर्छौँ र पो,जेटिभ देखिएमा प्रदेशको क्वा रेन्टिनमा राख्छौँ । उनीहरूको पिसीआर गरेर स,ङ्क्रमण देखिएमा आ इसोलेसनको पनि तयारी भइरहेको छ”, ।

स्वा,स्थ्य सेवा कार्यालयका प्रमुख चेतनिधि वाग्लेले अहिले तत्काल ७०० किटसहित १६ जना आरडिटीका लागि कर्मचारी त्यहाँ परिचालन भएको बताउनुभयो । आवश्यकतामा अन्य थप किट पठाउने र परीक्षणकार्यलाई तीव्र बनाउने बताए ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार पन्तले भारतबाट आउने नागरिकको शान्ति सु,रक्षार्थ प्रहरी तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो । केही जनशक्ति सीमामा निर्वाध रहेको र केही जनशक्ति यहाँबाट पठाइएको उहाँले बताउनुभयो । यो डेढ साताभित्र प्रदेशमा १५–२० हजार नागरिक भित्रिसकेको अनुमान छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार