logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

एकाएक घाँटीबजार पुग्याे नेपाली सेना


  • राजनीति
  • शुक्रबार, जेष्ठ ९ २०७७

वैशाख १४ गतेको मन्त्रिपरिषद् निर्णय अनुसार बिहीबार नेपाली सेनाको फौज दार्चुलाको व्यास गाउँपालिका २ घाँटीबगरमा पुगेको छ। घाँटीबगर इलाकामा दुई मिटर चौडाइको ४५० मिटर बाटो निर्माणको बन्दोबस्तीका लागि नेपाली सेनाको फौज त्यहाँ पुगेको हो।

सरकारको निर्णय बमोजिम महाकाली करिडोर (दार्चुला टिंकर सड्क योजना) अन्तरगत उत्तरी तर्फ रहेको ८७ किलोमिटर सडकखण्ड नेपाली सेना मार्फत निर्माण गराउने निर्णय भएको हो ।

‘व्यास गाँउपालिका २ स्थित घाँटीबगर इलाकामा करिव २ मिटर चौडाइको ४५० मिटर गोरेटो-घोडेटो बाटो निर्माण कार्यको लागि आवश्यक सुरक्षा तथा बन्दोबस्तीको निमित्त आज घाँटीबगर इलाका नजिकको थी भन्ने स्थानमा नेपाली सेनाको एक सेक्सन प्लस फौज तैनाथ भएको छ’, नेपाली सेनाले विज्ञप्ति सार्वजनिक गर्दै भनेको छ। निर्माण कार्यको लागि दक्ष प्रावधिक जनशक्ति र थप सुरक्षा तथा बन्दोबस्तीको निमित्त आवश्यक नफ्रिको फौज, उपकरण एवं अन्य सामाग्रीहरु सहितको शुक्रबार अर्को टोली पुग्ने छ।

चीन र भारतको सीमा नाकासमेत पर्ने दार्चुला जिल्लाको व्यासको छाङरु र टिंकर गाउँका करिब १८२ घर परिवारको करिब १२ सय स्थानीयलाई आवतजावतका लागि सेनाले बाटो बनाउन लागेको हो।

जिल्ला सदरमुकाम खलङ्गा आवतजावत गर्नको लागि व्यास-२ मा पर्ने मौरी भिरमा ठुलो चट्टान र घाँटीबगर भन्ने स्थानमा पहिरोसमेत गएकोले बाटो निर्माणको जिम्मा सरकारले सेनालाई दिएको हो।

सडक खण्ड सुचारु भए पश्चात स्थानीय बासिन्दा नेपालकै भूमी प्रयोग गरी आवत जावत गर्न सक्नेछन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार