logo शनिबार, असोज २४ २०८३ | Saturday 10th October 2026

कतारमा पहिलोपटक नेपालीलाई मृत्युुदण्ड, काे हुन ती युवा ?


  • राजनीति
  • शुक्रबार, जेष्ठ ९ २०७७

छोटो समयमा नै कतारमा एकजना नेपालीलाई मृत्युदण्ड दिइएको छ ।महोत्तरीको औराही–१,का अनिल चौधरीलाई गोली हानी मृत्युदण्ड दिइएको हो । चौधरीलाई कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्याको अभियोगमा दोषी ठहर गर्दै अदालतले मृत्युदण्डको फैसला सुनाइएको थियो। तल्लो अदालतको फैसलालाई सर्वोच्च अदालतले पनि अनुमोदन गरेपछि जेल प्रशासनले मृत्युदण्डलाई कार्यान्वयन गरेको हो।

उनले नुयमीमाथि दर्जनौं पटक खुकुरी प्रहार गरेको उल्लेख छ । हत्या गरेको अभियोगमा उनलाई सन् २०१७ अप्रिलको पहिलो हप्ता पक्राउ परेका थिए। चौधरीलाई मृत्युदण्ड दिइएकोबारे कतारस्थित नेपाली दूतावासलाई जानकारी गराइएको छ। नेपाली दूतावास दोहाले काठमाडौंस्थित कन्सुलर विभागमा यसबारे जानकारी गराइसकेको जनाएको छ । कतार सरकारले उनको शव नेपाल ल्याउन अनुमति दिएको बताइएको छ ।

नेपालीद्वारा कतारी नागरिकको हत्या गरिएको यो नै पहिलो घटना हो ।भने कतारमा नेपालीलाई मृत्युदण्ड दिइएको पनि यो पहिलो हो । कतारमा नेपालीद्वारा नेपालीकै हत्या अभियोगमा १० जना जेलमा छन् ।कतारमा मृत्युदण्ड पाएका नेपालीहरु अरु पनि भए पनि उनीहरुको मृत्युदण्डको सजाय कार्यान्वयन भइसकेको छैन । चौधरी २०१५ अगष्ट २७ गते कतार गएका थिए । क्लिनिङ कम्पनीमा सामान्य मजदूरको हैसियतमा काम गर्थे । उनलाई केन्द्रीय कारगारमा राखिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार