पोखरा- गण्डकी प्रदेशमा कोरोना संक्रमणको सङ्ख्या पाचँ पुगेको छ। गण्डकी प्रदेश नवलपुरको विनय त्रिवेणी गाउँपालिका– ६ का ४५ वर्षका पुरुषमा कोरोना संक्रमण देखिए सङगै प्रदेश भित्र पाँच पुगेको हो ।
संक्रमित पुरुष जेठ १ गते नेपाल आएपछि ३ दिन सम्म सुस्ताको क्वारेन्टिनमा बसेका थिए ।
त्यस पछि गाउँ पालिका कै क्वारेन्टिनमा आएका उनलाई जेठ ६ गते ज्वोरो आएआए पछि ७ गते चितवनका रहेको भरतपुर कोरोना विषेश अस्पतालको आइसोलेसनमा राखिएको थियो ।
शुक्रबार कोरोना पोजेटिभ आए पछि आइसोलेसनमा नै उपचार भइरहेको उनले बताए ।