logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

मोदी पुगे मुक्तिनाथमा, यसरी भो स्वागत


  • राजनीति
  • शनिबार, बैशाख २९ २०७५

त्रिभुवन विमानस्थलबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्रिनाथ दर्शनको लागि आज विहान मुस्ताङ प्रस्थान गरे ।

उनलाई त्यहाँ प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, पर्यटन मन्त्री रविन्द्र अधिकारी लगायत वरिष्ठ अधिकारीले मोदीलाई स्वागत गरेका थिए ।

त्यसलगत्तै मोदीले केहीबेर मुस्ताङको प्राकृतिक मनोरम दृश्यावलोकन गर्दै मन्दिर क्षेत्रमा प्रवेश गरेका थिए । दृश्यावलोकनको बेला मोदी निकै आनन्दको मुद्रामा देखिएका थिए । उनले आनन्दको महसुस गरिरहेका थिए ।

मोदीले केहीबेर आराम गरे । उनले वस्त्र परिवर्तन गरे । मोदी रातो कलरको ज्याकेटमा मन्दिर प्रवेश गरे ।

मन्दिर भित्र प्रवेश गर्नु अघि आनी र बटुककहरुले मोदीको स्वागत गरेका थिए । त्यसपछि मोदी मन्दिर भित्र पूजाआजाको लागि प्रवेश गरेका हुन् । उनले लगभग ३० मिनेट पूजाआजा गर्नेछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार