logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

प्रहरी प्रधान कार्यालयले शुक्रबार साँझ ४५ जना डिएसपीको एकैपटक सरूवा


  • राजनीति
  • शनिबार, बैशाख २९ २०७५

नेपाल प्रहरीका ४५ जना डिएसपीको एकैपटक सरूवा भएको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार साँझ सरूवा निकालेको हो। जसअनुसार, काठमाडौं नगर प्रहरीमा सुदिपराज पाठक, बौद्धमा श्यामकुमार राई, स्वयम्भूमा सुधीरराज शाहीको सरुवा भएको छ ।

यसैगरी, जिल्ला प्रहरी कार्यालय लमजुङमा यादव ढकाल, मनाङमा खड्गबहादुर खत्री, अर्घाखाँचीमा नवराज मल्ल, , बाजुरामा सागर बोहरा, दार्चुलामा नवराज अधिकारी, बैतडीमा नेत्रमणि गिरि, दोलखामा बासुदेव पाठक, मुस्ताङमा महेन्द्र खड्का, इलाका प्रहरी कार्यालय टिकापुरमा शिवबहादुर सिंह, इप्रका मिर्चैयामा दीपक खड्काको सरुवा भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार