logo शनिबार, असोज २४ २०८३ | Saturday 10th October 2026

तनहुँमा रुखमा चढी घाँस काट्ने क्रममा करेण्ट लागी महिलाको मृ’त्यु


  • राजनीति
  • आइतबार, जेष्ठ ११ २०७७

पोखरा – म्याग्दे गाउँपालिका– १ माथिल्लो गुणादीमा डेरा गरी बस्ने एक महिलाको घाँस काट्ने क्रममा आज बिहान करेण्ट लागेर मृ’त्यु भएको छ।

भोजपुर जिल्ला घर भई हाल कृष्ण रानाभाटका घरमा डेरा गरी बस्ने ५४ वर्षीय सीता राईको मृ’त्यु भएको हो।

रुखमा चढी घाँस काट्ने क्रममा रुखको हाँगाले हाइटेनसन तारमा छुन जाँदा करेण्ट लागी सख्त घाइते भएकी ती महिलाको उपचारका क्रममा दमौलीस्थित रत्नहरि अस्पतालमा मृ’त्यु भएको हो।

श’व दमौली अस्पतालको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। file pic

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार