जनकपुरको कोभिड विशेष अस्पतालबाट एक जना कोरोना संक्रमित भागेका छन।
प्रादेशिक अस्पताल जनकपुर धाममा रहेको अस्पतालबाट सर्लाहीका ४० बर्षिय एक पुरुष आज बिहान झाल फोडेर भागेका हुन। यस अघि पनि ति पुरुष बारम्बार भाग्न खोजेको जिल्ला प्रहरी कार्यालयका धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
यसअघि वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गरिरहेका दुई जना कोरोना संक्रमित भागेका थिए। पछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो।