राजनीति
पोखरा – आज आइतवार नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टी भएका छन। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा बिकास देवकोटाका अनुसार यो सङगै नेपालमा संक्रमितको सङ्ख्या ६०३ पुगेको छ।
मन्त्रालयले गरेको भिडिया ब्रिफिङमा बोल्दै डा देवकोटाले संक्रमित हुनेमा मोरङका एकजना ,बाराका एकजना, पर्साका तीनजना, रौटहटका एकजना, सर्लाहीका एकजना, रुपन्देहीका तीनजना र काठमाडौंका एकजनामा संक्रमण देखिएको बताए ।
त्यसैगरी नुवाकोटका एकजना, रुपन्देहीका तीनजना, कपिलवस्तुका तीनजना र गुल्मीका एकजनामा संक्रमण देखिएको छ । हालसम्म कोरोना संक्रमण ४२ जिल्लामा फैलिसकेको छ जसमा आइतबार पहिलोपटक नुवाकोटमा संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार आइतबारसम्म नेपालमा आरडीटी विधिबाट ९० हजार २६ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ४८ हजार ८ सय १५ परीक्षणहरु गरिएका छन् । हालसम्म संक्रमण पुष्टि भएकामध्ये सिन्धुपाल्चोकमा एक र बाँकेमा एक र गुल्मीमा एक गरी ३ जनाको मृत्यु भएको छ ।