तस्बिर फेवा टेलिभिजनको युट्युवबाट साभार
पोखरा- गत चैत २८ गते सेतीको खोचमा पौडी खेल्ने क्रममा बेप’त्ता भएका एक युवाको श’व फेला परेको छ ।
दुई साथीसहित पोखरा १ बगर स्थित सेती नदीमा पौडिखेल्ने क्रममा डुबेर बे’पत्ता भएका गोरखा आरुघाट घरभई पोखरा–१६ दिपमा बस्दै आएका २४ बर्षीय अमृत थापाको श’व फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी गराए ।
श’व सेती नदीमा तैरिएको अवस्थामा सोमबार दिउसो १: ०० बजे घटनास्थल भन्दा केही दुरी तल भेटिएको थियो । थापासँगै पौडिखेल्न गएको अन्य दुई जना भने चैत २८ गते सकुशल घर पुगेका थिए । उनको श’व पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको छ ।
तस्बिर : फेवा टेलिभिजनको युट्युवबाट साभार