logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

नेपालमा काेराेना संक्रमित कति पुग्लान ? यस्तो छ सरकारकाे अनुमान


  • राजनीति
  • मंगलबार, जेष्ठ १३ २०७७

सरकारले नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि पुरानो आधार खारेज गरेर नयाँ आधारका साथ स्वास्थ्य सामग्रीको व्यवस्थाका लागि जुटेको बताएको छ।

स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोडेलका अनुसार पहिले नेपालमा १५ सय जति संक्रमित हुने पूर्वानुमानका आधारमा स्वास्थ्य सामग्री व्यवस्था गरेकोमा हाल आएर पाँच हजार संक्रमित हुने अनुमान गरी सामग्री व्यवस्थापन प्रक्रिया अघि बढाइएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा निर्देशक डोटेलले भने, ‘संक्रमितको संख्या बढेसँगै हाम्रो अनुमान पुनरावलकन गरेका छौँ। पहिले १५ सय संक्रमितलाई चाहिने सामग्री तयार गरिरहेका थियौँ भने अहिले पाँच हजार संक्रमितलाई चाहिने सामग्रीको व्यवस्थापनमा जुटेका छौँ।’

उनका अनुसार सरकारले हालसम्म प्राप्त गरेको भिटिएम एक लाख भएकोमा विभिन्न जिल्ला, प्रदेश ८८ हजार प्रदान गरिएको र १२ हजार मौज्दात रहेको छ।

यस्तै २ लाख ५ हजार भिटिएम खरिदका लागि प्रक्रिया अघि बढाएको उनको भनाइ छ। उनका अनुसार हालसम्म एक लाख २८ हजार किट प्राप्त गरेकोमा ७८ हजार वितरण गरि सकिएको र ५० हजार मौज्दात रहेको छ।

यस्तै एक लाख ७५ हजार थप किट ल्याउने प्रक्रिया सुरु गरिएको उनको भनाइ छ। १ लाख ७५ हजार आरडिटी प्राप्त गरेकोमा ८० हजार मौज्दात रहेको छ।

यस्तै थप एक लाख २१ हजार आरडिटी खरिद गर्ने प्रक्रिया अघि बढाएको उनको भनाई छ। उनले हालसम्म १ लाख ४६ हजार पीपीई सेट प्राप्त गरेकोमा ५७ हजार वितरण गरिसकेको बताए। अब ९२ हजार पीपीई सेट बाँकी रहेको छ।

१५ लाख सर्जिकल मास्क स्टकमा रहेको छ। एन ९५ मास्क १५ लाख स्टकमा छ। २ लाख ७८ हजार पञ्जा, ‘सु कभर’ ५३ हजार, सर्जिकल क्याप १७ हजार, आइआर थर्ममिटर ६ सय वटा छन्।

ती मध्ये केही अन्तर्राट्रिय दातृ निकायले दिएका उनको भनाई छ। हालसम्म सरकारले ९२ करोडको सामग्री प्राप्त गरिसकेको उनले बताए। ६६ करोडको सामग्री खरिद प्रक्रिया अघि बढेको पनि उनले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार