logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

सुर्खेतमा थप १२ जनामा काेराेना पुष्टि, हेर्नुस् विवरण


  • राजनीति
  • मंगलबार, जेष्ठ १३ २०७७

सुर्खेतमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै जिल्लामा संक्रमितको संख्या १५ पुगेको छ। यसअघि जिल्लाको बराहतालका दुई र चौकुने गाउँपालिकाका एक गरी तीन जनामा संक्रमण देखिएको थियो।

सामाजिक विकास मन्त्रालयका अनुसार सोमवार साँझ पीसीआर परीक्षण गर्दा वीरेन्द्रनगरका आठ, भेरीगंगाका नगरपालिकाका दुई र सिम्ता गाउँपालिकाका दुई जना गरी १२ जनामा कोरोना पुष्टि भएको हो। मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले उनीहरु सबै भारतबाट आएको जानकारी दिए। केहीदिन अघिमात्र भारतबाट फर्किएका उनीहरुको नाकाबाटै नमूना संकलन गरिएको थियो।

सुर्खेतमा संक्रमितको संख्या १५ पुगेसँगै कर्णालीमा भने यो संख्या २३ पुगेको छ। मन्त्रालयका अनुसार यसअिघ दैलेखका आठ जनामा कोरोना पुष्टि भइसकेको छ। उनीहरु पनि भारतबाट फर्किएका हुन्। ‘सरकारले सयममै नाकामा क्वारेन्टाइनको जिम्मा सेनालाई नदिएमा अवस्था भयावह हुने देखिन्छ’ कर्णाली प्रदेश अस्पताल सुर्खेतका प्रमुख डाक्टर डम्बर खड्काले भने,‘भारतबाट भित्रिनेहरुका कारण कर्णालीमा अवस्था इटलीको जस्तै हुने खतरा छ।’

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ। उनीहरुको आइसोलेसनमा उपचार भइरहेको छ। पछिल्लो समय भारतबाट फर्किने कर्णालीबासीको संख्या बढेको छ। योसँगै कोरोना संक्रमित पनि देखिन थालेको र जोखिम पनि बढेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार