राजनीति
पोखरा – गण्डकी प्रदेशमा थप दुई जनमा कोरोनाको संक्रमण देखिएको छ । ६ दिनअघि भारत नयाँदिल्लीबाट आएका स्याङ्जा वालिङका दुई जना युवकमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
उनीहरूको स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो। संक्रमित दुबै जनालाई जिल्ला अस्पतालको आइसोलेसनमा लगिएको छ।
स्यासंक्रमित देखिएका दुबै युवकलाई भारतबाट आउनुबित्तिकै सिधै क्वारेन्टिनमा राखिएको वालिङ नगरपालिकाका मेयर दिलीप प्रताप खाँणले जानकारी दिए।
योसँगै नेपालमा संक्रमितको संख्या ७ सय ३० पुगेको छ। आजै बिहान सुर्खेतमा १२, बारामा ५ र रौतहटमा २२ जना संक्रमित थपिएका हुन्।