logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

कालिकोटमा रुकुम हत्याकाण्डकाे बिराेध


  • राजनीति
  • मंगलबार, जेष्ठ १३ २०७७

रुकुम पश्चिम चौरजहारी नगरपालिका(८ सोतीमा शनिवार राति दलिय युवामाथि ज्यादती भएको भन्दै कालिकोटका युवाले विरोध प्रदर्शन गरेका छन् । मंगलबार लकडाउनमा बजार सुनसान रहेका बेला कालिकोटका युवाहरुले हातमा प्लेकार्ड लिएर दलितमाथि हुने विभेद अन्त्य गर, रुकुममा दलितमाथि ज्यादती गर्नेहरुलाई कानुनी कारबाही गर जस्ता नाराबाजीसहित विरोध प्रर्दशन गरेका छन।

विरोध प्रर्दशन पछि प्रतिमा चौकमा आयोजित विरोधसभा कार्यक्रममा लिंलासैनी युथ क्लव कालिकोटका अध्यक्ष हिक्मतजंग मल्लले एक्काइसौं सताब्दीमा पनि दलित समुदायमाथि हुने विभेद अन्त्य नभएको भन्दै सरकारले रुकुमामा दलितमाथि ज्यादती गर्नेहरुलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन ।

मल्लले मुलुकमा संविधान बनेको छ,कानुन बनेको छ । यस्तो अबस्थामापनि दलितका हक अधिकार काजगमा मात्रै सिमित राख्ने गरेको बताएका छन । उनले भने,अन्तरजातीय प्रेम सम्बन्धले दलितको मृत्यु कहिलेसम्म हुन्छ, छुवाछुत र भेदभाव अन्त्य गरौ भन्ने नारा नारामा मात्र किन सीमित हुन्छ भन्दै प्रश्न गरे ।
आरक्षणको कुरा गर्ने वित्तिकै हलो जोत्ने गरिब बाहुन र सुनचादि पसल गर्ने धनी सुनारको कुरा ल्याउँछन् । हामीलाई आरक्षण चाहिएन, धन आफै कमाउँला, बरु गरिबै रहौंला, समाजमा समान रुपमा घुलमिल हुन दिए पुग्छ भन्दै विरोध गरेका छन ।

कार्यक्रममा अगुवा युवा भरत शाहीले रुकुममा दलित युवामाथि आकर्मण गरी ज्यान लिनेलाई आजीवन कैदको सजाय हुनुपर्ने बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार