logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

चाैरजहारी घटनाकाे छानविन र पिडितलाई राहत दिने मुख्यमन्त्री शाहीकाे घाेषणा


  • राजनीति
  • बुधबार, जेष्ठ १४ २०७७

रुकुम पश्चिमको चौरजहारी घटनाका पीडित परिवारलाई कर्णाली प्रदेश सरकारले राहत दिने भएको छ ।

दलित युवासहितको मृत्यु भएको घटनाप्रति दुःखव्यक्त गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले परिवारलाई उचित राहत दिने बताएका हुन् । उनले चाैरजहारी घटना मानव इतिहासकै गम्भीर अपराध भएकाे भन्दै घटनाकाे निश्पक्ष छानविन गर्न प्रदेश सरकारले कुनै कमि नगर्ने पनि वताए ।

घटनाको छानबिन गर्न गृहमन्त्रालयले समिति गठन गरिसकेको जानकारी गराउँदै मुख्यमन्त्री शाहीले प्रदेश सरकारको तर्फबाट समेत छानबिन गरी दोषिमाथि कारबाही गर्न निर्देशन दिइसकेको बताए ।

प्रदेश संसदमा सम्बोधन गर्दै उनले जातीय सद्भाव र एकता कायम राख्न अपिलसमेत गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार