logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

काेराेनाबाट ३ लाख ५० हजारकाे मृत्युु, कुन देशमा कति ? हेर्नुस्


  • राजनीति
  • बुधबार, जेष्ठ १४ २०७७

कोभिड १९ बाट विश्वभर संक्रमितको संख्या ५६ लाख २३ हजार ५ सय भन्दा धेरै पुगिसकेको छ ।

३ लाख ४८ हजार ७ सय भन्दा धेरैको मृत्यु भइसकेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार २३ लाख ९३ हजार ५ सय भन्दा धेरै उपचारपछि डिस्चार्ज भएका छन् । नेपाली समय अनुसार मंगलबार रातिसम्मको तथ्यांक हो यो । तथ्यांक अनुसार २८ लाख ८१ हजार भन्दा धेरै संक्रमितको अवस्था गम्भीर छ ।

सबैभन्दा धेरै मृत्यु र संक्रमितको संख्या अमेरिकामा नै छ । जहाँ हालसम्म १७ लाख ९ हजार भन्दा धेरै संक्रमित छन् । ९९ हजार ९ सय भन्दा धेरैको मृत्यु भइसकेको छ । यस्तै ब्राजिलमा ३ लाख ७६ हजार ६ सय भन्दा धेरै संक्रमित भएका छन् । मृत्यु हुनेको संख्या २३ हजार ५ सय २२ को मृत्यु भएको छ ।

रुसमा ३ लाख ६२ हजार ३ सय ४२ संक्रमित भएका छन् । यस्तै ३ हजार ८ सय ७ जनाको मृत्यु भएको छ । तीमध्ये १ लाख ३१ ह्जार १ सय भन्दा धेरैलाई निको भइसकेको छ ।

यस्तै स्पेनमा २ लाख ८२ हजार ४ सय ८० संक्रमित छन् । तीमध्ये २६ हजार ८ सय ३७ को मृत्यु भयो । साथै १ लाख ९६ हजार ९ सय ५८ को निको भएको छ ।

बेलायतमा भने संक्रमितको संख्या २ लाख ६५ हजार २ सय २७ पुगेको छ । यस्तै ३७ हजार भन्दा धेरैको मृत्यु भएको छ ।

इटालीमा २ लाख ३० हजार भन्दा धेरै संक्रमित भएका छन् । मृत्यु हुनेको संख्या ३२ हजार ८ सय ७७ पुगेको छ । तीमध्ये १ लाख ४१ हजार ९ सय भन्दा धेरै निको भइ घर फर्किए ।

फ्रान्समा भने १ लाख ८२ हजार ९ सय ४२ संक्रमित भए । २८ हजार ४ सय भन्दा धेरैको मृत्यु भएको छ । यस्तै ६५ हजार २ सय भन्दा धेरैलाई निको भएको छ । जर्मनीमा १ लाख ८१ ह्जार ६२ जना संक्रमित भएका छन् । तीमध्ये ८ हजार ४ सय भन्दा धेरैको मृत्यु भइसकेको छ । त्यस्तै १ लाख ६२ हजारलाई निको भयो ।

टर्कीमा १ लाख ५७ हजार ८ सय भन्दा धेरै संक्रमित भएका छन् भने ४ हजार ३ सय भन्दा धेरैको मृत्यु भएको छ । जहाँ १ लाख २० हजार भन्दा धेरैलाई निको भयो ।

भारतमा संक्रमितको संख्या १ लाख ४७ हजार १ सय भन्दा धेरै पुगेको छ । तीमध्ये ४ हजार १ सय ९७ को मृत्यु भयो । साथै ६१ हजार ९ सय २३ लाई निको भइसकेको छ ।

यस्तै पेरुमा पनि छोटो समयमै संक्रमितको संख्या ह्वात्तै बढेको छ । जहाँ १ लाख २३ हजार ९ सय भन्दा धेरै पुगेको छ । यस्तै ३ हजार ६ सय भन्दा धेरैको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार