logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

ब्रेकिङ्ग.. क्वारेन्टाइनमै वडाध्यक्षकाे मृत्युु,


  • राजनीति
  • बुधबार, जेष्ठ १४ २०७७

कञ्चनपुरमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका एक जना वडा अध्यक्षको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष कल्लु रानाको गयराति मृत्यु भएको हो।

वडा नम्वर ७ कै राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका ५८ बर्षीय वडा अध्यक्ष राना एक्कासी बेहोस भएका थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय रैकवारविचवाका प्रहरी सहायक निरीक्षक भीमसिंह धामीले मृत्युको कारण खुल्न नसकेको बताए। उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ। उनको कोरोना परीक्षण हुने अस्पतालले जनाएको छ।

अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले सुरुमा शवको पोष्टमार्टम गरिने र त्यसपछि परीक्षणका लागि स्वाब संकलन गरिने जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार