राजनीति
सचिन पौडेल – भनिन्छ प्रेममा जात,धर्म,वर्ग हेरिदैन । दुई प्रेमि बीच मन मिलेपछी यी कुराले त्यति महत्त्व राख्दैनन ! हुनपनी हो माया अन्धो नै हुन्छ । तर यती सम्म अन्धो पनि हुदोरहेछ की यसले प्रेमिको ज्यानै लियो !
घटना केही दिन अगाडीको हो जाजरकोटका नवराज विक र रुकुमकी सुष्मा मल्ल बीच निकै समयदेखि प्रेम सम्बन्ध रहदै आएको थियो । त्यो प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गर्ने निर्णय पनि गरिसकेका थिए । तर सुष्माको परिवारलाई त्यो स्विकार्य थिएन कारण नवराज एक दलित समुदायका युवा थिए !
यसै त दलित समुदायसँग भौतिक र सामाजिक दुरी कायम गर्ने हाम्रो रुढीबाढी समाज त्येही माथी एउटी ठकुरी परिवार कि छोरीले दलित समुदायका युवासंग प्रेम गर्दा कसरी स्वीकार गरोस ! तर यी कुराहरुलाई वेवास्ता गर्दै उनीहरु विवाह बन्धनमा बाधिने प्रण गरिसकेका थिए । उमेर भरखरै युवा अवस्थामा थियो यस्तो अवस्थामा उनीहरुले गरेको निर्णयलाई अस्वभाविक मान्न पनि सकिदैन । तर यहि निर्णय नवराज र उनका साथीको मृत्युको कारण बन्न पुग्यो । घटना घट्नु भन्दा केही समय अगाडि पनि नवराज सुष्माको घरमा गएको र उनलाई सुष्मा को परिवारले हप्काउदै उनलाई प्रहरीमा बुझाएको खबर सुन्नमा आएको छ । तर जेल नेल र हतकडी ले मायालाई कहाँ रोक्न सक्थ्यो र !
“जबसम्म रुढीबाढी संस्कृति र परम्पराले हाम्रो समाजमा जग गाडेर बस्छ नि तब सम्म कुनैपनि मानिसमा सामाजिक चेत र समाजमा परिवर्तन आउन सक्दैन र धेरै नवराजहरु मारिरहने छन र यस्ता घटना हामिलाई सामान्य लाग्दै जानेछ ।”
उनी त्यसपछि पनि सुष्माको आग्रहमा उनको परिवारलाई मनाउने भन्दै आफ्ना साथीहरूसंग रुकुम जाने निधो गरे । तर बीच बाटो पुग्दा नपुग्दै उनीहरु माथी सयौं गाउँलेको समुहले हमला गरे र त्यसको भोलिपल्ट नवराजको शव नदी किनारमा भेटियो । यस बिचमा के भयो ? त्यो प्रहरीले अनुसन्धान गरेर पत्ता लगाउला । तर यतिकुरा पढ्दै गर्दा र घटनाक्रमलाई नियाल्दै गर्दा गाउँलेहरुले नवराज र उनका साथीहरुको हत्या गरेर नदीमा फालेको भनेर अनुमान लगाउन सकिन्छ । हत्यामा को को संलग्न छन त्यो त आउने दिनहरुमा पत्ता लाग्ला नै ।
यस घटनाको अरु कारण जेसुकै भएपनी मुख्य कारण भनेको हाम्रो समाज हो । त्यो समाज जहाँ सदियौ देखि मानव मानव बिच जात,धर्म,वर्ग र लिङ्गको नाममा भेदभाव हुँदै आएको छ । संविधान र कानुनले अन्तरजातीय बिबाहलाई बैधानिकता दिए पनि समाजले यसलाई अझै बैधानिकता दिन सकेको छैन । मानव एक सामाजिक प्राणी भएकाले सामाजिक चेत हुन जरुरी छ । जबसम्म रुढीबाढी संस्कृति र परम्पराले हाम्रो समाजमा जग गाडेर बस्छ नि तब सम्म कुनैपनि मानिसमा सामाजिक चेत र समाजमा परिवर्तन आउन सक्दैन र धेरै नवराजहरु मारिरहने छन र यस्ता घटना हामिलाई सामान्य लाग्दै जानेछ ।