logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

बाँकेमा अनिश्चितकालीन कर्फ्यु जारी


  • राजनीति
  • बुधबार, जेष्ठ १४ २०७७

कोरोनाको हटस्पट बन्दैगएको बाँके जिल्लाभरि बुधबार राती १० बजेदेखि लागु हुनेगरी अ,निश्चितकालीन नि,षेधाज्ञा जारी गरिएको छ । जिल्लामा एकपछि अर्को गर्दै १७० जना कोरोना स,ङ्क्रमित भेटिएपछि अवस्था नि,यन्त्रणबाहिर जान थालेकोले बाँके जिल्ला प्रशासनले नि,षेधाज्ञा जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ कुरुम्बाङले बाँकेमा कडाइ गर्ने निर्देशन दिँदै बुधबार रातीदेखिनै अ,निश्चितकालीन नि,षेधाज्ञा जारी गर्नुभएको छ ।
लकडाउनको पालना नगरिएको पाइएकोले बाँकेमा बुधबार राति १० बजेदेखि अ,निश्चितकालीन नि,षेधाज्ञा जारी गरिएको जनाउँदै प्रजिअ कुरुम्बाङले अर्को आदेश नहुँदासम्म जिल्लाभर नि,षेधाज्ञा जारी रहने बताएका छन ।

बाँकेमा हालसम्म १७० जनामा कोरोना पुष्टि भएको र एक जना स,ङ्क्रमितको मृ त्युसमेत भइसकेकाले सजकता अपनाउन, स,ङ्क्रमणको बिस्तारलाई रो क्न तथा सचेतनामूलक र प्रवर्द्धनात्मक कार्य गर्न जरुरी रहेकाले अत्यावश्यकबाहेक सबै सेवा र स्थलमा नि,षेधाज्ञा जारी गरिएको बताए ।

नेपाल राजपत्रमा तोकिएका अत्यावश्यक सेवाहरू भोजनालय, औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी सेवा, मालसामान ओसारपसार गर्ने तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैंकिङ सेवा, आन्तरिक सु रक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी, भण्डारण र वितरण, फोहोरमैला सङ्कलन तथा ढुवानी, कृषिजन्य कार्य तथा कृषि तथा पशुपक्षीजन्य उत्पादन, ढुवानीमा प्रयोग हुने साधन, वर्कशप बाहेकमा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी गरिएको सूचनामा उल्लेख छ ।

आदेशको उ ल्लङ्घन गर्नेलाई का नुन बमोजिम कडा कार बाही गरिनेसमेत सूचनामा उल्लेख गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार