logo शनिबार, असोज २४ २०८३ | Saturday 10th October 2026

९ दिनमा कोरोना जितेर घर फर्केका पुरुष भन्छन : हल्ला धेरै भए पनि निको हुने रहेछ


  • रासस
  • बिहिबार, जेष्ठ १५ २०७७

पोखरा – काठमाडौंमा बहिनी ज्वाइँको उपचारका क्रममा कोरोना संक्रमण भएका तुलसीपुर उपमहानगरपालिका वडा नं – ४ का ४६ वर्षीय पुरुष कोरोनालाई जितेर घर फर्किएका छन्।

काठमाडौंबाट तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्सबाट आज घर फर्किएका उनलाई रक्षाचौरस्थित क्वारेन्टिनमा नगर प्रमुख घनश्याम पाण्डेले फूलमालाले स्वागत गरे।

‘कोरोना जित्नुभएकामा तपाईंलाई धेरै धेरै बधाई,’ नगर प्रमुख पाण्डेले भने।
नगर प्रमुख पाण्डेले संक्रमितलाई पोषण आहारका लागि अण्डा, स्वास्थ्य सामग्रीसमेत प्रदान गरेका थिए। लामो समय बहिनीज्वाइँको उपचारका लागि काठमाडौँस्थित शिक्षण अस्पताल महाराजगञ्जमा बसेका ४६ वर्षीय उनलाई त्यही बेला कोरोना संक्रमण देखिएको हो।

स्वाब लिएको दुई दिनमै केही काम छ भन्दै पाटन अस्पताल पुर्‍याइएपछि स्वास्थ्यकर्मीले एकाएक कोरोना संक्रमण भएको जानकारी दिँदा निकै डर लागेको उनले आफ्नो अनुभव बताए।
यही जेठ ३ गते कोरोना संक्रमित भएको खबर पाएका वलीले जेठ १२ गतेसम्म तीन पटक जाँच गर्दा रिपोर्ट नेगेटिभ भन्ने खबर पाइएको बताए।

‘हल्ला धेरै भए पनि निको हुने रोग रहेछ, नौ दिनमै म ठीक भएँ,’ उनले भने।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार