logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

स्याङजाका १ जना कोरोना संक्रमित महिलालाई पोखरा ल्याइयो


  • आश तमु
  • बिहिबार, जेष्ठ १५ २०७७

पोखरा – स्याङजाका १ जना कोरोना संक्रमित महिलालाई पोखरा ल्याइएको छ । आज बिहान संक्रमण पुष्टि भएका ३९ वर्षीय महिलालाई पोखरा उपचारका ल्याइएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा अर्जुन आचार्यले बताए ।

आचार्यले स्याङजामा महिलाका लागि छुट्टै आइसोलेसन नभएकाले उनलाई पोखरा ल्याइएको जनाएको छ । उनको पोखरामै उपचार गरिने पनि बताए ।

स्याङजामा हालसम्म ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पाँचै जना संक्रमितलाई नगरपालिकाले सुनौली नाकाबाट उद्धार गरेर आफ्नो क्वारेन्टाइनमा राखेको थियो ।

तस्बीर राजेन्द्र अधिकारी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार