logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

म्याग्दीका एक युवामा कोरोना संक्रमण


  • राजनीति
  • शुक्रबार, जेष्ठ १६ २०७७

पोखरा- म्याग्दीका एक युवामा कोरोना संक्रमण देखिएको छ । भारतबाट केही दिन अघि नेपाल फर्किएका मालिका गाउपालिका–४ ओखरबोटका ३० वर्षीय युवालाई कोरोना संक्रमण पुष्टि भएको हो।

जेष्ठ ९ गते भारतको सुनौली हुदै बेनी आएका ती युवालाई बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माविको क्वारेन्टाइनमा राखिएको थियो। उनी बागलुङका बडीगाड र तमानखोला गाउपालिकाका कोरोना संक्रमित युवाहरु सङ्गै बसमा आएका थिए। म्याग्दीमा बिहीबारसम्म भारतबाट आएका ८५ जनालाई क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए।

रोजगारिका लागि तीन महिना अघि भारतमा पुगेका उनी भारतको नौतुनामा १७ र भैरहवामा तीन दिन क्वारेन्टाइनमा बसेर म्याग्दी आएका थिए। १० गते भारतबाट आएर म्याग्दी बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका २९ जनाको स्वाब संकलन गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार