logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

ट्रम्पले माेदीकाे मुड बिग्रिएकाे भनेपछि भारत आक्राेसित


  • राजनीति
  • शुक्रबार, जेष्ठ १६ २०७७

भारत–चीन सीमा विवादबारे अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको एउटा ताजा बयान भारतले अस्विकार गरेको छ ।

ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सीमा विवादका कारण मुड राम्रो नभएको दाबी गरेका थिए । ट्रम्पको यस्तो बयान सार्वजनिक भएपछि भारतले अमेरिक राष्ट्रपति र मोदीबीच यस महिना कुनै पनि कुराकानी नभएको स्पष्टिकरण दिएको छ । भारत सरकारका अनुसार यी दुईबीच अन्तिम पटक ४ अप्रिल, २०२० मा भएको थियो ।

भारतले ट्रम्पको बयानमा के भन्यो ?

भारत सरकारको स्रोतलाई उद्धृत गर्दै एएनआईले दिएको जानकारी अनुसार मोदी र ट्रम्पबीच अन्तिम पटक अप्रिल ४ मा कुराकानी भएको थियो । त्यतिबेला यी दुई नेताबीच हाइड्रोक्सिक्लोरोक्विनबारे कुराकानी भएको थियो । बिहिबार विदेश मन्त्रालयले आफूहरुले डिप्लोमेटिक च्यानलमार्फत् चीनसँग सीधा सम्पर्कमा भएको जानकारी दिएका थिए । ’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार