logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

थप १९ ले जिते काेराेना निकाे भए २०६ जना


  • राजनीति
  • शुक्रबार, जेष्ठ १६ २०७७

नेपालमा कोरोनाभाइरस संक्रमण जित्नेको संख्या २०६ पुगेको छ ।

शुक्रबारको नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले थप १९ जना डिस्चार्ज भएसँगै संक्रमण मुक्त हुनेको संख्या २०६ पुगेको जानकारी दिएको हो ।

कोरोना निको हुनेमा पुरुष १६२ र महिला ४४ जना रहेका छन् ।

प्रादेशिक विवरणअनुसार प्रदेश नम्बर १ मा ३०, प्रदेश २ मा १०२, बागमतीमा २०, गण्डकीमा २, प्रदेश ५ मा ४७ र सुदूरपश्चिममा ५ जनाले कोरोना जितेका छन् ।

आज डिस्चार्ज हुनेमा २ जना टेकु, ७ जना पाटन, २ जना बलम्बुको कोभिड अस्पताल र ८ जना दाङको बेलझुण्डीको आइसोलेसनमा रहेकाहरु भएको मन्त्रालयले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार