logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

चट्याङ लागेर रोल्पामा दुई महिलाको मृत्यु


  • राजनीति
  • शुक्रबार, जेष्ठ १६ २०७७

रोल्पा – शुक्रवार बिहान चट्याङ लागेर रोल्पामा दुई महिलाको मृत्यु भएको छ ।

त्रिवेणी गाउँपालिका-७ गैरीगाउँको गुठिमधारामा चट्याङ लागेर ७५ वर्षिय खिमा वाँठा र २१ बर्षिय आशा बुढा मगरको मृत्यु भएको हो । चट्याङमा परेर २४ वर्षिय सबिन बुढा मगर घाइते भएका छन। खिमा सविनका फुपु हुन भने आशा श्रीमती ।

बिहिवार मात्र माइता आएकी खिमा र आशाको मृत्युले बुढामगर परिवार र आफन्त शोकमा डुबेका छन् ।

चट्याङ लागेर बेहोस भएका उनीहरुलाई गाउँमा एम्बुलेन्स नहुदाँ जीपमा थप उपचारको लागी रोल्पा अस्पताल रेउघा ल्याइएको थियो । अस्पताल पुर्‍याउन नपाउँदै उनीहरुको मृत्यु भइसकेको अस्पताल स्रोतले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार