राजनीति
धादिङमा दुई वटा भारतीय नम्बर प्लेटको ट्रकमा आगजनी भएको छ ।
धादिङको धुनिबेशी-६ चालिसे बजारमा दुई वटा २० चक्के ट्रकमा बिहानै आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।
आर जे ४२ जी ए ५०२१ र आर जे ४२ जी ए ०७५६ नम्बर प्लेटको गाडीमा आगजनी भएको हो । आगलागीबाट गाडी पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

आगो कसले लगायो भन्ने यकिन भएको छैन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आगो लगाएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
माटो हालेर उक्त आगलागाी नियन्त्रणमा लिइएको छ । चार वटा जेसीबी प्रयोग गरेर माटो हालिएको प्रहरीले जनाएको छ ।