logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

मदन भण्डारी र दरवार ह’त्याकाण्ड गराउनेले नै आफ्नो गाडी दु’र्घटना गराएको सिपीको खुलासा, कुन हो त्यो शक्ति ?


  • राजनीति
  • सोमबार, जेष्ठ १९ २०७७

नेकपा मालेका महासचिव तथा पूर्व उपप्रधानमन्त्री सिपी मैनालीले मदन भण्डारीको ह’त्या, दरबार ह’त्याका’ण्ड र आफ्नो हालैको गाडी दु’र्घटना एउटै शक्तिले घटाएको आरोप लगाएका छन् ।

आज राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण हुने जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले मदन भण्डारीको ह’त्या, दरबार ह’त्याका’ण्ड दुवैमा बाहृय शक्तिको हात रहेको गम्भिर आ’रोप लगाएका छन् । उक्त अन्तर्वार्ता आज राति ८ः०० बजे प्रशारण हुने भएको छ ।

नेकपा (माले)ले पार्टी महासचिव सिपी मैनाली सवार कार गत फागुन १६ गते दु’र्घटना भएको थियो । उक्त बिषय अस्वभाविक र नियोजित भएको नेकपाले जनाएको थियो । सोहि बेला उक्त पार्टीका प्रवक्ता कुमार बेलबासेले एक विज्ञप्ति जारी गर्दै यो दु’र्घटना अस्वभाविक र नियोजित भएको दावी गरेका थिए ।

उनले दु’र्घटनाको सत्य, तथ्य र अन्तरनिहित दुर्नियत योजनाको समेत छानबिन गरी सत्यतथ्य जनतासमक्ष ल्याउन र कूनियतजन्य योजनाकार र दोषीलाई अबिलम्ब कानुनी का’र्बाही गर्न माग गरेका थिए ।

झापामा पारिवारिक कार्यक्रमबाट राजधानी फर्किने क्रममा महोतरी, धनुषा र सिन्धुली जिल्लाको सिमानामा पर्ने रातु नदी नजिक महासचिव मैनाली चढेको कारलाई बिपरित दिशातर्फबाट आएको भ्यानले ठक्कर दिएको थियो । दु’र्घटनामा मैनाली सख्त भएका छन् । मैनालीसहित उनका छोराबुहारी र ५ वषीय नाती समेत घा’इते भएका थिए ।

उनिहरुलाइ थप उपचारका लागि उनिहरुलाई हेलिकप्टर मार्फत काठमाडौं पुर्‍याइएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार