logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

प्रधानमन्त्री कार्यलयमा कोरोना देखियो


  • एजेन्सी
  • मंगलबार, जेष्ठ २० २०७७

इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूको कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएको छ । उनको कार्यालयले यसबारे जानकारी दिएको हो ।

यद्यपि, प्रधानमन्त्री कार्यालयको तर्फबाट जारी बयानमा नेतन्याहू संक्रमित कर्मचारीको सम्पर्कमा नभएको बताइएको छ ।

नेतन्याहू ७० वर्ष पुगिसकेका छन् । बयानमा जारी गरिएअनुसार परीक्षण चलिरहेको छ र संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुका लागि दिशानिर्देश जारी गरिनेछ

यसअघि दुई पटक नेतन्याहूले कोरोना संक्रमणको खतरा सामना गरिसकेका छन् । मार्चमा उनका एक सल्लाहकारमा संक्रमणको पुष्टि भएको थियो जबकि अप्रिलमा तत्कालीन स्वास्थ्यमन्त्रीको कोरोनाको परीक्षण गरिएको थियो, यद्यपि, उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

इजराइलमा हालसम्म कोरोनाका १७ हजार १ सय संक्रमित भेटिइसकेका छन् जबकि २८५ को मृत्यु भइसकेको छ । हालै संक्रमितको संख्यामा तीब्र रुपमा वृद्धि भइरहेको छ ।

स्रोतः बीबीसी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार