logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

यस्तो छ ट्रम्प लुकेकाे बंकर, जहाँ परमाणुले समेत नछुने ?


  • राजनीति
  • मंगलबार, जेष्ठ २० २०७७

अफ्रिकी–अमेरिकी नागरिक जर्ज फ्लोयडको मृत्युपछि अमेरिकाको धेरैजसो राज्यमा हिंसा भड्किएको छ । स्थिती नियन्त्रण गर्नका लागि अमेरिकाको राजधानी वासिङ्टनसमेत विभिन्न शहरमा कर्फ्यू लगाउनु परेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आधिकारिक निवास ह्वाइट हाउसको अगाडि पनि सयौं मात्रामा प्रदर्शनकारी जम्मा भए ।

शुक्रबार ट्रम्पलाई प्रदर्शनकारीबाट सुरक्षित राख्नका लागि ह्वाइट हाउसमा बनेको बंकर पुर्याइयो जहाँ उनले कम्तिमा एक घण्टा बिताए । ट्रम्पसँग फर्स्ट लेडी मेलानिया ट्रम्प र उनीहरुका छोरा ब्यारोन ट्रम्पलाई पनि बंकरमा लगिएको रिपोर्टमा उल्लेख छ । यो बंकर ९÷११ को हमला पछि प्रयोगमा आएको थिएन ।

संसारकै शक्तिशाली देशका शीर्ष व्यक्तिलाई जोगाउनका लागि बनाइएको बंकर आखिर कस्तो छ त ? यसबारे जानकारी लिऔं ।

परमाणु हमलाले समेत नछुने ?

ह्वाइट हाउसमा बनेको यो बंकरमा राष्ट्रपति र उनका परिवारबाहेक त्यहाँका सबै कर्मचारी बस्ने पूर्ण व्यवस्था छ । यो बंकर यति शक्तिशाली छ कि यसमा रकेट–मिसाइल त परको कुरा परमाणु बममा पनि हमला भए यसमा छिसिक्क केही हुँदैन ।

गोप्य सुरुङले भरिपूर्णः

यो बंकरमा थुप्रै गोप्य सुरुङ छन् जसमार्फत् अमेरिकी राष्ट्रपति कुनै पनि आपतकालीन स्थितीमा जतापनि जान सक्षम हुनेछन् । उनी यो सुरुङमार्फत् कुनै पनि विभागको कार्यालय पुग्न सक्छन् ।

ह्वाइट हाउसको बंकरमा राष्ट्रपतिका लागि लिभिङ रुम, टिभी, कन्फरेन्स रुम बाहेक कमान्ड रुम पनि छन् जहाँ उनी १६ व्यक्तिसँग बसेर कुनै पनि समय बैठक गर्न सक्नेछन् ।

पाँच तले गोप्य बंकरमा राष्ट्रपतिको गाडीका लागि पार्किङ र ग्यारेजको सुविधा पनि छ जहाँ उनको कार्केडलाई सुरक्षित राख्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार