राजनीति
पोखरा – नेपाल नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकरी कास्कीले पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत एमसीसी सम्झौताको विरोध गरेका छन ।
एमसिसी सम्झौतापत्र जलाउदै अखिल क्रान्तिकारी कास्कीले एमसिसी राष्ट्रको हित बिपरित नरहेको भन्दै विभिन्न नारावाजी समेत गरेका थिए । सम्झौताको विरोधमा कास्कीका सयोजक पुरन पुनले सम्पूर्ण देशभक्त, क्रान्तिकारी, प्रगतिशील, आमजनता एक हुन आवश्यक रहेको र यो राष्ट्रघाती सम्झौताको सशक्त रूपले विरोध गर्न आम कस्केली जनतालाई अपिल समेत गरेका थिय ।
नेकपाले केन्द्रीय कार्यक्रम अन्तर्गत २०७७ जेठ १९ र २० गते एमसीसी सम्झौता जलाउने, २०७७ जेठ २१ गते केपी र शेरबहादुर देउवाको पुतला जलाउने, २०७७ जेठ २२ गते पर्चा वितरण तथा बेलुका मशाल जुलुस निकाल्ने, २०७७ जेठ २८ गते पोस्टर टाँस्ने र विभिन्न सङ्घर्षहरूसहित आमहडतालसम्म गरिने जानकारी गराएका छन् ।