logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

काठमाडौमा लकडाउन ताेडने घाेषणा, भाेलीबाट बजार खुल्दै


  • राजनीति
  • बुधबार, जेष्ठ २१ २०७७

काठमाण्डु उपत्यकाका व्यवसायीहरुले बिहीबारदेखि बिहान ११ बजेसम्म पसल खुला राख्ने निर्णय गरेका छन् ।

सरकारले घोषणा गरेको लकडाउनलाई चुनौती दिँदै नेपाल राष्ट्रिय व्यवसायी महासंघको बुधारको बैठकले पसल–व्यवसाय सञ्चालन गर्ने निर्णय गरेको हो ।

अनिश्चितकालीन लकडाउनका कारण बैंकको व्याज तथा घरभाडा, राजश्व तिर्न र कर्मचारीलाई तलब खुवाउन नसकेका कारण मारमा परेकाले पसल–व्यवसाय सञ्चालन गर्ने निर्णय गरेको महासंघका महासचिव् अञ्जन शाक्यले जानकारी दिए ।

उनले विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा गरेर पसल खोलिने स्पष्ट गरे । उनले सरकारले बल प्रयोग गरेर पसल बन्द गर्न दबाब दिए प्रतिवाद गरिने उल्लेख गरे । अन्यथा बैंकको ब्याज, घरभाडा र राजश्व सरकारले नै तिरिदिनुपर्ने उनको भनाइ थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार