logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

पोखरा १६ बाट ९ जना जुवाडेहरु पक्राउ


  • राजनीति
  • शुक्रबार, जेष्ठ २३ २०७७

पोखरा – कास्की जिल्ला पोखरा महानगरपालिका–१६ बाट प्रहरीले ९ जना जुवाडेहरुलाई पक्राउ गरेका छन् ।

पोखरा १६ मध्यपथ बस्‍ने तेजबहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका हुन् । उनीहरुको साथबाट प्रहरीले ६८ हजार १३५ रुपैयाँ बरामद गरेका छन ।

वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार