दक्षिण कोरियाले सीमा क्षेत्रमा उत्तर कोरिया वि’रोधी पर्चा फाल्ने आ’न्दोलनकारीहरुलाई उनीहरुको अभियानमारोक लगाउने योजना बनाएको छ ।
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी बहिनीले यस्ता गतिविधि जारी रहे सिओलसँगको दुईपक्षीय सैन्य सम्झौता रद्द गर्ने चेता’वनी दिएको केही घण्टामा दक्षिण कोरियाली अधिकारीहरुले अभियानमा रो’क लगाउने बताएका हुन् ।
किम यो जोङ उत्तर कोरियाली नेताकी बहिनी र मुख्य सल्लाहकार हुन् । यसअघि ५ लाख बेलुनमा लुकाएर यसै साता उत्तर कोरियाका वि’द्रोहीहरुले सीमा क्षेत्रमा विभिन्न पर्चा फालेका थिए । योनहाप न्युज एन्जेसीका अनुसार यस पर्चामा उत्तरको आणविक खत’राका विषयमा आ’लोचना गरिएको थियो । त्यसअघि किमको सत्ताले गरेका मानव अधिकार ह’ननका घट’ना समावेश गरेर सन्देश पठाइएको थियो ।
जवाफमा किमकी बहिनीले २०१८ को अन्तर–कोरियाली सै’न्य सम्झौतालाई च्यातेर फालिदिने ध’म्की दिएकी थिइन् । यस सम्झौतामा यु’द्धको व्यवहारिक जो’खिम अन्त्य गर्ने प्रतिवद्धता जनाइएको छ । रोयटर्सका अनुसार उनले यो सम्झौता ‘मुस्किलले कुनै महत्त्वको रहेको’ बताएकी थिइन् ।
त्यस्तै उत्तर कोरियाले केइसङ औद्योगिक परियोजनाबाट हात झिक्ने र दक्षिणले यस्ता गतिविधिमा रोक नलगाए आफ्नो सीमा क्षेत्रको शहरमा रहेको संयुक्त सम्पर्क कार्यालय बन्द गर्ने ध’म्की दिएकी थिइन् ।
किम यो जोङले अनौपचारिक रुपमा आफ्ना दाजुको प्रमुख सल्लाहकारका रुपमा काम गर्दै आएकी छिन्, उनको औपचारिक पद सत्तारुढ वर्कस पार्टीको केन्द्रीय कमिटीको सह–निर्देशक हो ।
‘यदि व्यक्तिगत स्वतन्त्रता र अभिव्यक्ती स्वतन्त्रताका नाममा हाम्रो आँखा अगाडि यस्तो दान’विय मनसायको काम हुन्छ भने दक्षिण कोरियाली अधिकारीहरुले छोटो समयमै ख’राब अवस्था सामना गर्नैपर्छ,’ उत्तर कोरियाको सरकारी न्युज एजेन्सी केसीएनमार्फत सार्वजनिक विज्ञप्तिमा भनिएको छ ।
यस विज्ञप्तिको जवाफमा अन्तर कोरियाली मामिला हेर्ने दक्षिण कोरियाको एकीकरण मन्त्रालयका प्रवक्ताले पर्चा फाल्ने काम बन्द गर्न भनेका छन् ।