logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

कोरोना संक्रमण बाट नेपालमा मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो


  • राजनीति
  • शनिबार, जेष्ठ २४ २०७७

आश तमु , पोखरा – कोरोना संक्रमण बाट नेपालमा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ।

डोल्पाका ५८ वर्षिय पुरुषको कोरोनाको संक्रमणबाट मृत्यु भएको शनिवार मात्र पुष्टी भए सँगै सङ्ख्या १३ पुगेको हो । डोल्पाका पुरूषको गत २१ गते राति २ बजे मृत्यु घरमै भएको थियो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले मृत्यु भएपछी स्वाव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा नतिजा पोजिटिभ देखिएको बताए ।

उनको अन्त्येष्टि गरिसकिएको छ।डोल्पामा मृत्यु भएका पुरूष दमका रोगी थिए।

उनी गत जेठ १६ गते सुर्खेतबाट डोल्पा गएर होम क्वारेन्टाइनमा बसेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार