राजनीति
चर्चित तथा लोकप्रिय गायक खेम सेञ्चुरीको ‘कामी दाईको छोरो’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । बिहीबार साँझ गायक सेञ्चुरीले आफ्नै युट्यूब च्यानल ‘खेम सेञ्चुरी’ मार्फत उक्त गीतको भिडियो सार्वजनिक गरेका हुन् ।
‘कामी दाईको छोरो’ ए… साइलीले समाजको यथार्थ बोकेको छ । गायक सेञ्चुरी भन्छन्, ‘कामी दाईको छोरो’ ए साईली एउटा गीत मात्रै होइन, समाजको एक यथार्थ चित्रण पनि हो ।’ समाजमा हुने वर्ग र वर्ण भेदलाई सो गीतमा चित्रण गरिएको छ । तर, गीतमा प्रयोग गरिएका शब्द कुनै जात, वर्ग, धर्म र लिङ्गलाई अपमान गर्ने मनसाय आफूहरुको नरहेको उनले स्पष्ट पारे ।
‘छुवाछुत विरुद्ध जागरणका लागि समर्पित गीतले सामाजिक चेतनासँगै मानसिक परिवर्तनमा सघाउ पुग्ने विश्वास लिएका छौं,’ सो गीतका गायिका शान्तिश्री परियारले भनिन्, ‘गीतले सभ्य र असल समाज निर्माणमा गीतले कोशेढुङ्गा सवित गर्नेछ ।’ गीतले समाजको वास्तविक चित्रलाई उतारेको उनले बताइन् ।
गीतमा गायक खेम सेञ्चुरी र शान्तिश्री परियारले स्वर दिएका छन्् । लय, शब्द अनिश दवाडीको रहेको छ भने संगीत संयोजन विनोद बाजुरालीले गरेका हुन् ।
म्यूजिक भिडियाे छायाँङ्कन् सुरेश श्रेष्ठ, सम्पादन विष्णु शर्मा र निर्देशन प्रकाश भट्टले गरेका हुन् । भिडियोको निर्माण मनिषा तामाङ र रिना मेचेले गरेकी हुन् ।
गीतमा प्रेम गरेका जोडीलाई जातकै कारणले एक हुन नसकेपछि संगै मृत्युुवरण गरेको भावलाई समेटिएको छ । अनिश दवाडीको शब्द संगीतमा तयार पारिएको गीतमा प्रेम गरेका जोडीले माया गरेरपनि जात नमिलेपछि संगै हुन डराईरहेको र छुट्टिएर बाँच्नपनि नसकेपछि संगै मृत्युवरण गरेका छन् ।
यहि जेठ १० गने रुकुममा नवराज बिकले मल्ल थरकी युवतीसंग प्रेम गरेकै कारण जात नमिलेर नवराजसहित उनका साथी गरेर ६ जनाको ज्यान गएको छ । यस्ता घटनाहरु नेपालमा भैनैरहेका सुन्नमा र देख्नमा आईरहेका छन् ।
५७ वर्षअघि नै मुलुकी ऐन २०२० ले जातीय आधारमा छुवाछुतलाई दण्डनीय अपराध भनेको छ । २०६३ सालको जेठ २१ मा संसद्ले पनि कानुनमा मात्र सीमित नभई व्यवहारमा पनि छुवाछुत अन्त्य हुनेछ भनेर नेपाल छुवाछुतमु-क्त- राष्ट्र घोषणा गरेको थियो । छुवाछुत तथा भेदभाव (क-सु-र र स-जा-य) ऐन, २०६८ मा विवाह गर्ने तथा बरवधु छान्ने अधिकार सुरक्षित छ । छुवाछुत र जातीय विभेद दण्डनीय हुने व्यवस्था लागू भैसकेपछि पनि अन्तर्जातीय प्रेमकै कारण बर्सेनि दलित कुटिएका छन्, मारिएका छन् ।
यो एउटा गीत मात्रै होइन, समाजको एक यथार्त चित्रण पनि हो । गीतमा प्रयोग गरिएका शब्दले कुनै जात, वर्ग, धर्म तथा लिंगको अपमान गर्ने हाम्रो मनसाय कदापी होइन । छुवाछुतवि-रु-द्ध जागरणका लागि समर्पित यो गीतले सामाजिक चेतनासँगै मानसिक परिवर्तनमा पनि सघाउ पुग्ने विश्वास हामीले लिईएको गायक सेन्चुरीको भनाई छ । गीग गायक सेन्चुरीकै अफिसियल युट्युवच्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतले सबैको मन जितोस हाम्रो शुभकामना ।