राजनीति
कास्कीको पोखरामा आइतबार मात्रै कोरोना पुष्टि भएका स्याङजाको वालिङ नगरपालिकाका ६० वर्षीय पुरुषको सोमबार विहान मृ’त्यु भएका ब्याक्तीको शब ब्यवस्थापन गर्ने बारेमा स्थानीय जनता र प्रहरी बिच झ’डप भएको छ । पोखरा महानगरको बार्ड २० भलाममा शव ब्यवस्थापन गर्न लागेको बेला स्थानीय युवाहरूले प्रश्न उठाउदै अव’रोध गरेका थिए । सोहि क्रममा झडप हुदा प्रहरी इनिस्पेकर दिपक केसी घा’इते भएका छन । उक्त काममा अ’वरोध गरेको भन्दै दर्जन बढी युवालाइ प्रहरीले गिर’फ्तार गरेको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार गत जेठ २३ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पताल भर्ना भएका उनलाई आइसोलेसनमा राखेर उपचार गरिदै आएको थियो ।
भारतबाट नेपाल आएका उनलाई गृह जिल्लास्थित वालिङ नगरपालिकाले उद्धार गरेको थियो । उनि पहिलेदेखि विमारी रहेको अस्पतालले जनाएको थियो । गण्डकी प्रदेशमा पहिलो कोरोनाका कारण पहिलो मृ’त्यु भएका कारण शव ब्यवस्थापनको लागी केहि समय ढिलाइ र अलमल भएको थियो ।
फाइल तस्वीर