logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

नेपाली नागरिकता लिएर देशविरु’द्ध बोल्नेहरु गर्भमै तुहिनुपर्थ्यो : झपड रावल


  • राजनीति
  • मंगलबार, जेष्ठ २७ २०७७

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद झपड रावलले नेपाली नागरिकता लिएर संसदमा राष्ट्रियता वि’रुद्ध बोल्ने प्रति सजग हुनुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभामा संविधान संसोधन दोश्रो विधेयकमाथि बोल्दै उनले नेपाली नागरिकता बोकेर राष्ट्रियता विरु’द्ध बोल्नु सिंगो सदनको अपमान भएको बताए ।

साथै नेपाली नागरिकता सिरानीमा हालेर राष्ट्रियता वि’रुद्ध बोल्नेप्रति खेद व्यक्त गरे । उनले भारतसँग नेपालको २६ जिल्लाको सिमाना जोडिएकोमा ७१ भन्दा बढी ठाउँमा भारतले सीमा मिचेको बताए ।

नेपालको ६ सय ६ बर्गकिलोमिटर सडक अ’तिक्रमण गरेको र सम्पूर्ण भूमी फिर्ता गर्नु सबैको कर्तव्य भएको बताए ।

सांसद रावलले भने, नेपालको भौगोलिक अखण्डतामा निर्मम प्रहार हुँदा समेत नेपाल आमाको पक्षमा बोल्न नसक्ने तर विस्तारवादी शक्तिलाई फाइदा पुग्नेगरी निरन्तर वकालत गर्ने पात्रहरु गर्भमै तुहिनुपथ्र्यो तर त्यसो हुन सकेन । यस्ता पात्रहरुबाट हुने हानी रोक्न सदनले उचित प्रवन्ध गर्नुपर्छ । कसैको उपनीवेशमा नपरेको राज्यको शीर उच्च बनाउने काम सदनको हो । हाम्रा पुर्खाले रगतको नदीले कायम गरेको सिमाना जोगाउने दायित्व पनि हाम्रो हो ।’

संसदमा राष्ट्रियता विरु’द्ध बोल्ने केही सांसदप्रति लक्षित गर्दै उनले थपे, ‘जसले आमाको काखमा लडिबुडी खेलेको हुन्छ त्यसलाई मात्र आफ्नो आमाको न्यानो माया कस्तो हुन्छ भनेर, आमाको अनुहार कस्तो हुन्छ भनेर । जसले आमाको काखमा लडिबुडी खेलेको हुँदैन, त्यस्तालाई आफ्नो आमाको पहिचान पनि हुँदैन ।’

सांसद रावलले हाम्रो भूमी एक इन्च पनि गुम्न नदिने बताउँदै त्यसका लागि आहुति दिन तयार रहेको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार