logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

विप्लव नेकपाको छापामार शैलीमा पोष्टरिङ्ग, राजधानीका भित्ताहरु भरिए


  • राजनीति
  • मंगलबार, जेष्ठ २७ २०७७

नेत्र बिक्रम चन्द विप्लव नेतृत्व को नेपाल कम्युनिस्ट पार्टीले मिलिनिएम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को बि’रोध गर्दै देशभर संघर्षका कार्यक्रम गर्दै आएको छ ।

यसै क्रममा नेकपाको पुर्ब घोषित कार्यक्रम अनुसार आज एमसिसी विरुद्धमा पोस्टररिङ्ग गरेको छ । राष्ट्रघाती एमसिसीको खारेजको माग राख्दै देशै भरी शृङ्खलाबद्ध संघर्ष गरिराखेको नेकपाले आज छापामार शैलीमा राजधानीमा पनि पोष्टरिङ्ग गरेको छ ।

सोही कार्यक्रम अनुसार अखिल (क्रा’न्तिकारी) ललितपुर जिल्ला समितिले ललितपुरका विभिन्न स्थानहरूमा पम्पिलेट टास्ने र छर्ने काम सम्पन्न गरेको छ । राष्ट्रघाती एमसिसी खारेज गरौं, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं भन्ने लेखिएको पोष्टर महत्त्वपूर्ण स्थानहरुमा टासिएको क्रा’न्तिकारीका ललितपुर अध्यक्ष अग्रिमले जनाएकाछन ।

यो पनि पढ्नुहोस

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले एमसीसीजस्तो राष्ट्रघाती आ’पराधिक कार्यमा सहीछाप नलगाउन सरकारी पार्टीलाई आग्रह गरेका छन् । महासचिव विप्लवले आइतबार केन्द्रीय समितिका तर्फबाट वक्तव्य जारी गरी एमसीसीवि’रुद्ध विभिन्न प्रचारात्मक स’ङ्घर्षका कार्यक्रम घोषणा गर्दै आमह’डतालसम्म गर्ने जनाएका छन् ।

विप्लवले जनमतविपरीत एमसीसी पास गरिएमा नेपाली देशभक्त आमनागरिक, बुद्धिजीवी, राष्ट्रिय पार्टीहरूलाई स्वाधीनताका पक्षमा अविलम्ब स’शक्त प्र’तिरोधमा उत्रन अनुरोध पनि गरेका छन् । उनले नेपाल कम्युनिस्ट पार्टीले यसको सशक्त प्र’तिरोध गर्ने चेता’वनी पनि दिएका छन् । प्रतिरोधबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार, संसद् र अनुमोदन गर्ने पार्टीहरू हुनुपर्ने चे’तावनी पनि महासचिव विप्लवले दिएका छन् ।

महासचिव विप्लवले वक्तव्यमा भनेका छन्, ‘नेपालका आमनागरिक, देशभक्त, बुद्धिजीवी र राजनीतिक पार्टीहरूले निरन्तर वि’रोध गर्दै रोकिँदै आएको अमेरिकी अतिक्र’मणकारी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई केपी सरकारले नेपाली काङ्ग्रेसको समर्थनमा संसद्बाट पास गर्न खोजिरहेको विषयप्रति हाम्रो पार्टीको ध्यान गम्भीर प्रकारले आकर्षित भएको छ ।’

महासचिवको वक्तव्यमा अगाडि भनिएको छ, ‘एमसीसी पास गर्ने कि नगर्ने भन्ने विषयमा अत्यधिक जनमत पास गर्नु हुँदैन भन्नेमा देखापरेको छ । त्यसैगरी कयौँ राजनीतिक पार्टी र व्यक्तित्वहरूले पनि त्यसका वि’रुद्ध स’ङ्घर्ष गरिरहेका छन् । यसप्रति हाम्रो पार्टी खुसी व्यक्त गर्दछ । सरकारी नेकपाभित्र पनि पास गर्नु हुँदैन भन्ने पक्ष देखापर्नुलाई पार्टीले सकारात्मक महत्वका रूपमा लिएको छ । हामी एमसीसी सम्झौता सम्पूर्ण रूपले नेपाली सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रताका विरुद्धमा रहेको स्थितिमा उक्त सम्झौतालाई कुनै पनि हालतमा संसद्बाट पास नगर्न विशेष रूपले आग्रह गर्दछौँ । साथै सरकारी नेकपालाई यस्तो राष्ट्रघा’ती आप’राधिक कार्यमा सहीछाप नलगाउन आग्रह गर्दछौँ ।’

वक्तव्यको अन्त्यमा महासचिव विप्लवले भनेका छन्, ‘हामी एमसीसी सम्झौताले अमेरिका–नेपाल सम्बन्धमा समेत गम्भीर नकारात्मक परिणाम ल्याउने भएकाले अमेरिकी सरकारलाई पनि यो सम्झौता नेपालमा नलाद्न र नेपालको सार्वभौमिकतामाथि ह’स्तक्षेप नगर्न आग्रह गर्दछौँ । यदि जनमतवि’परीत एमसीसी पास गरिएमा नेपाली देशभक्त आमनागरिक, बुद्धिजीवी, राष्ट्रिय पार्टीहरूलाई स्वाधीनताका पक्षमा अविलम्ब सशक्त प्र’तिरो’धमा उत्रन अनुरोध गर्दछौँ । साथै नेपाल कम्युनिस्ट पार्टीले सशक्त प्रति’रोध गर्ने चेता’वनी पनि दिन चाहन्छ । त्यसबाट पैदा हुने परिस्थितिको जिम्मेवार सरकार, संसद् र अनुमोदन गर्ने पार्टीहरू हुनुपर्ने पनि स्पष्ट गर्दछ ।’

वक्तव्यमार्फत विप्लवले २०७७ जेठ १९ र २० गते एमसीसी सम्झौता जलाउने, २०७७ जेठ २१ गते केपी र शेरबहादुर देउवाको पुतला जला’उने, २०७७ जेठ २२ गते पर्चा वितरण तथा बेलुका मशाल जुलुस निकाल्ने, २०७७ जेठ २८ गते पोस्टर टाँस्ने र विभिन्न स’ङ्घर्षहरूसहित आमहडतालसम्म गरिने जानकारी गराएका छन् । विज्ञप्तिको पूर्णपाठ…

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार