logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

एमसिसी विरुद्ध दैलेखमा ब्यापक पोष्टरिङ्ग


  • राजनीति
  • बिहिबार, जेष्ठ २९ २०७७

नेत्र बिक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी दैलेखले पार्टीको केन्द्रीय योजनाअनुसार राष्ट्रघाती एमसीसी परियोजनाविरुद्ध बुधबार जिल्लामा व्यापक पोस्टरिङ गरेको छ । पोस्टर टाँस्ने कार्य बिहीबार पनि जारी रहने नेपाल कम्युनिस्ट पार्टी दैलेखका इन्चार्ज दीपेन्द्रले बताएका छन् ।

पार्टीले एमसीसी सम्झौता संसद बाट पास गरिएमा आमहडतालसम्मको सङ्घर्षको कार्यक्रम ल्याउने घोषणा गरिसकेको छ । पार्टीको निर्देशनअनुसार दैलेख जिल्ला राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध लड्न तयार रहेको छ ।

जनचाहनाविपरीत संसद बाट एमसीसी सम्झौता जबर्जस्ती पास गरिएमा सामाजिक दलाल सरकार र राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध सम्पूर्ण देशभक्त, लोकतान्त्रिक र वामपन्थी शक्तिहरू एकजुट भएर राष्ट्रिय स्वाभिमानको आन्दोलन गर्ने जिल्ला इन्चार्ज दीपेन्द्रले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार