राजनीति
पोखरा- कुवेतमा अलपत्र परेका नेपाली महिला कामदारहरुलाई लिएर एयर जजिराको दुई विमान नेपालको लागी उडेको छ । प्राप्त भएको जानकारी अनुसार करिव ३०० जना नेपाली महिला लिएर जहाज उडेको हो ।
स्थानीय समय अनुसार कुवेत सिटीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट जजीरा एयरलाइन्सको जहाज बिहानको ४ बजे काठमाडौंका लागि उडेको हो भने दोस्रो जहाज बिहान ६ बजे उडेको हो । दुवै जहाज उडान भरेको समय देखी ४ घण्टा ४५ मिनेट पछी काठमाण्डौमा अवतरण गर्ने छ ।
बिहीबार दुई वटा जहाजमा गरी ३ सय जना नेपाली महिला रहेका छन् । उनीहरु सबै घरेलु कामदारका रुपमा कार्यरत थिए ।
कोभिड– १९ संकट व्यवस्थापन समितिले कुवेतबाट पहिलो उडान गर्नको लागि मंगलबार अनुमति दिइएको थियो । कुवेतले बिना जरिवाना स्वदेश फिर्न पाउने भन्दै अस्थायी क्याम्प र डिपोर्टटेसन सेन्टरमा राखेकालाई आफ्नै खर्चमा दैनिक दुई वटा चार्टर विमानमार्फत नेपाल पठाउन नेपाल सरकार समक्ष प्रस्ताव राखेको थियो । अस्थायी क्याम्प र डिपोर्टटेसन सेन्टरमा २ हजार ९ सय ९१ जना रहेका छन् । जसमा पुरुष एक हजार ६ सय ८८ जना र महिला एकहजार ३ सय ३ जना छन् ।