आश तमु,पोखरा – लकडाउन अवधिभर कोरोना महामारी नियन्त्रण को लागी सरकारले चालेको कदम प्रभावकारी नभएको भन्दै शान्तिपुर्ण मौन प्रदशर्नमा राजनैतिक दलको घुस पैठ भएको भन्दै आपत्ती जनाएको छ ।
बिहान ११ बजे देखी १२ बजे सम्म पोखराका स्वतन्त्र युबाहरु मिलेर सहिद चोक स्थित जिल्ला प्रसाशन कार्यलय कास्की अगाडि गरेको मौन र शान्तिपुर्ण प्रदर्शनको अन्तिम घडीमा राजनीतिक दल सङ्ग आवद्ध केही युवाहरुले गरेको अभद्र व्यबहारको निन्दा गर्दै मौन तथा शान्तिपुर्ण प्रदर्शन, आयोजक समितीले कार्यक्रमको मापदण्ड बिपरित कार्य गर्ने उक्त युवाहरुको हामी आयोजक सङ्ग कुनै सम्बन्ध नरहेको बताएका छन।
३ सय बढिको सँख्यामा सामाजिक दुरी कायम गर्दै प्रदर्शन गरिएपनि समय सकिएपछि केही युवाहरुले सरकारविरुद्ध नाराबाजी गरिएको थियो । सो पश्चात प्रहरीले प्रदर्शनकारीहरुलाई लाठीचार्ज र धरपकड गरेको हो ।
प्रदर्शनकारी युवाहरुले ढुङ्गा प्रहार गरेपछि दुईजनालाई नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ ।
हेर्नुस विज्ञप्ती
मिति : २०७७०२२९
आदरणीय पोखरा वासी,
आज मिति २०७७ साल जेठ २९ गते बिहीवारको दिन सरकारलाई कोभिड-१९ को ब्यबस्थापन संबेदनशिल र जवाफदेहि बनाउने उदेश्यका साथ पोखराका स्वतन्त्र युबाहरु मिलेर सहिद चोक स्थित जिल्ला प्रसाशन कार्यलय कास्की अगाडि गरेको मौन र शान्तिपुर्ण प्रदर्शनको अन्तिम घडीमा राजनीतिक दल सङ्ग आवद्ध केही युवाहरुले गरेको अभद्र व्यबहारको हामी घोर निन्दा गर्दछौं । साथै कार्यक्रमको मापदण्ड बिपरित कार्य गर्ने उक्त युवाहरुको हामी आयोजक सङ्ग कुनै सम्बन्ध नरहेको सम्पुर्णमा जानकारी गराउछौ । र यस बाट आम सहभागीमा पर्न गएको असुबिधा प्रति क्षमा प्राथी छौ ।
धन्यवाद ।
मौन तथा शान्तिपुर्ण प्रदर्शन, आयोजक समिती, पोखरा