logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

१२ जुवाडे सवा ३ लाख सहित पोखरा १० बुद्दमार्गबाट पक्राउ , ५ महिला पनि


  • आश तमु
  • शुक्रबार, जेष्ठ ३० २०७७

पोखरा- सवा ३ लाख रुपैयाँ सहित जुवा खेलिरहेका १२ जना प्रकाउ परेका छन्। पोखरा १० बुद्धमार्गमा कास्की प्रहरीले शुक्रबार साँझ सो रकम सहित नियन्त्रणमा लिएको छ।

कृष्णबहादुर गुरुङको घरमा डेरा गरी बस्ने अञ्जना गुरुङले जुवातास खेलाइरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पौने पाँच बजे नियन्त्रणमा लिएको थियो।

प्रकाउ पर्नेमा ५ महिलासहित १२ जना रहेका छन।उनीहरुलाई पौने ५ बजे पक्राउ गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी तथा प्रवक्ता सुवास हमालले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

पक्राउ पर्नेहरुको नामावलीः

पोखरा १५ बस्ने ४४ वर्षीय पदमबहादुर गुरुङ
पोखरा २६ बस्ने ३० वर्षीय नविन गौतम
पोखरा ५ बस्ने ४२ वर्षीय ठाकुरप्रसाद गुरुङ
पोखरा १२ बस्ने ५४ वर्षीय रामबहादुर गुरुङ
पोखरा ३ बस्ने ३१ वर्षीय नविन गुरुङ
पोखरा १० बस्ने ४५ वर्षीय राजेश गुरुङ
पोखरा ६ बस्ने ३३ वर्षीय उमेश क्षेत्री
पोखरा ८ बस्ने ३९ वर्षीया सन्तुमाया गुरुङ
पोखरा ७ बस्ने ३८ वर्षीया प्रेमकुमारी गुरुङ
पोखरा १० बस्ने ३६ वर्षीया मिना पुन
पोखरा १० बस्ने ३३ वर्षीया सुनिता पुन
पोखरा १० बस्ने ५० वर्षीया अन्जना गुरुङ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार