logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

वेवारिसे अवस्थामा मृत भेटिएका युवकमा कोरोना भाइरसको संक्रमण


  • राजनीति
  • शनिबार, जेष्ठ ३१ २०७७

file pic file pic

वीरगन्ज – वेवारिसे अवस्थामा वीरगन्जस्थित घण्टाघर क्षेत्रमा मृत भेटिएका युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

वेवारिसे अवस्थामा युवकको शव घण्टाघर क्षेत्रमा  गत जेठ २८ गते भेटिएको पर्साका प्रहरी प्रमुख एसपी गंगा पन्तले बताइन्। उनले युवकको बाँकी ठेगाना भने खुल्न बाँकी रहेको जनाइन्।

अन्दाजी २५ वर्षीय युवकको शव अहिले नारायणी अस्पतालमै राखिएको छ। डा। सिंहले युवकको प्रोटोकल अनुसार शव व्यवस्थापन गर्ने तयारी रहेको जनाए।

शुक्रबार साँझ आएको स्वाबको नतिजामा मृतक युवकमा संक्रमण देखिएको नारायणी अस्थायी अस्पताल गण्डकका संयोजक डा। उदयनारायण सिंहले जानकारी दिए।

file pic

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार