राजनीति
file pic
बिरगन्ज – उपचारको क्रममा मृ’त्यु भएका ५ बर्षिय बालिकामा कोरोना संक्रमण पुष्टी भएको छ ।
बिरगन्ज हेल्थ केयर हस्पिटलमा उपचार गराईरहेका बालकको शुक्रबार निधन भएको हो ।बाराको निजगढ नगरपालिका–६ योजनाटोल निवासी बालकलाई शुक्रबार बिहान ११ बजेतिर वीरगन्ज हेल्थ केयर हस्पिटलमा ल्याइएको थियो ।
हेल्थ केयर अस्पतालका सञ्चालक डा। अबुल हैस अन्सारीले बालकमा निमोनिया र ज्वरो देखिएपछि आकस्मिक कक्षमै आरडीटी परिक्षण गर्दा पोजिटिभ देखिए लगतै आइसोलेसन वार्डमा सारेर नारायणी अस्पतालको टोली बोलाइएको बताए।
नारायणीको टोलीले गरेको आरडीटी परीक्षण पनि पोजिटिभ आएपछि थ्रोट स्वाब संकलन गरिएको थियो । नारायणी अस्पतालको ल्याबमा टेस्ट रिपोर्ट पोजिटिभ आएको नारायणी अस्थायी कोभिड अस्पतालका कोर्डिनेटर डा। उदयनारायण सिंहले जानकारी दिए ।
यो सँगै नेपालमा कोरोनाका कारण मृ’त्यु हुनेको सङ्ख्या १८ पुगेको छ । यस अघि वेवारिसे अवस्थामा वीरगन्जस्थित घण्टाघर क्षेत्रमा मृत भेटिएका युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
file pic