राजनीति
file pic
कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या नेपालमा १८ पुगेको छ ।
गत जेठ २८ गते वीरगञ्जमा वेवारिसे अवस्थामा घण्टाघर क्षेत्रमा मृत भेटिएका युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । ती युवकको भने ठेगना अझै खुल्न सकेको छैन ।
अन्दाजी २५ वर्षीय युवकको शव अहिले नारायणी अस्पतालमै राखिएको छ। शुक्रबार साँझ आएको स्वाबको नतिजामा मृतक युवकमा संक्रमण देखिएको नारायणी अस्थायी अस्पताल गण्डकका संयोजक डा उदयनारायण सिंहले बताएका थिए ।
यसै गरी उपचारको क्रममा मृ’त्यु भएका ५ बर्षिय बालिकामा कोरोना संक्रमण पुष्टी भएको थियो ।बिरगन्ज हेल्थ केयर हस्पिटलमा उपचार गराईरहेका बालकको शुक्रबार निधन भएको हो ।
बाराको निजगढ नगरपालिका–६ योजनाटोल निवासी बालकलाई शुक्रबार बिहान ११ बजेतिर वीरगन्ज हेल्थ केयर हस्पिटलमा ल्याइएको थियो ।