logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

हरिबाेल सहित यी १५ सांसदले किन गरेनन संविधान संशाेधनमा मतदान ?


  • राजनीति
  • शनिबार, जेष्ठ ३१ २०७७

प्रतिनिधिसभाले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेको नयाँ नक्सासहित संविधानको अनुसूची ३ संशोधन गरेको छ ।

शनिबार नेपालको संविधानको दोस्रो संशोधन प्रस्ताव सर्वसम्मतले निर्णय गरेको हो । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा भएको मतदानमा कुल सांसद संख्या २७५ मध्ये २५८ जनाले मात्रै सहभागी भएका छन् । सहभागी सबैले संशोधनको पक्षमा मत दिएका छन् र, दुई तिहाईभन्दा बढीले संशोधन पास भएको छ ।

तर संसद बैठकमा केही सांसद अनुपस्थित थिए ।

संसद सचिवालयका अनुसार चार सांसद रेसम चौधरी, मोहम्मद अफ्ताव आलम, विजयकुमार गच्छदार र हरिनारायण प्रसाद रौनियार निलम्बनमा छन् । उनीहरुले बैठकमा उपस्थित हुन र मतदान गर्न पाउँदैनन् ।

यस्तै सभामुखलाई पक्ष/विपक्षमा मतदान गर्ने अधिकार रहँदैन ।

समाजवादी पार्टीकी सांसद सरिता गिरी बैठकमा उपस्थित थिइन् । तर संशोधन प्रस्ताव सभामुखले अस्वीकृत गरेपछि उनी छाडेर निस्किएकी थिइन् ।

यसबाहेक मतदान गर्न पाउने ११ सांसद बैठकमा उपस्थित भएनन् र मतदान गरेनन् ।

बैठकमा नजाने र मतदान प्रक्रियामा सहभागी नहुने सांसदमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का चार जना छन् । गोपालबहादुर बम, धनबहादुर बुढा, शिवकुमार मण्डल र हरिबोल गजुरेल अनुपस्थित भएका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका तीन सांसद अनुपस्थित रहे । जनागेन्द्रकुमार चौधरी, सूर्यबहादुर केसी र ज्ञान कुमारी छन्त्याल मतदानमा अनुपस्थित रहे ।

यस्तै राष्ट्रिय जनता पार्टीका अमृतादेवी अग्रहरी, प्रमोद शाह र दुलारीदेवी खत्वेनी तथा समाजवादी पार्टीका सूर्यनारायण यादव उनुपस्थित रहे ।

संविधान संशोधनमा अनुपस्थित सांसद
अमृतादेवी अग्रहरी
गोपालबहादुर बम
दुलारीदेवी खत्वेनी
धनबहादुर बुढा
नागेन्द्रकुमार चौधरी
प्रमोद साह
शिवकुमार मण्डल
सरिता गिरी
सूर्यनारायणण यादव
सूर्यबहादुर केसी
हरिबोल गजुरेल
ज्ञानकुमारी छन्त्याल

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार