logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

तमू प्ये ल्हु संघमा शक्तिवर्धक औषधी आर्सनिक एल्बम-३० निःशुल्क रुपमा वितरण


  • मिलन तमु
  • आइतबार, जेष्ठ ३२ २०७७

मिलन तमु , पोखरा – शरीरको कुनैपनि रोगसँग लड्नसक्ने क्षमता बढाउने शक्तिवर्धक औषधी आर्सनिक एल्बम-३० निःशुल्क रुपमा वितरण गरेको छ । शनिबार तमू प्ये ल्हु संघमा आयोजित एक कार्यक्रम बीच अल नेपाल होमियोप्याथिक एशोसियसन गण्डकी प्रदेश समितिले निःशुल्क वितरण गरेको हो ।

मानिसको शरीरमा रोग प्रतिरोधात्मक शक्ति उच्च बनाउन मद्दत गर्ने सो औषधी अहिले देशमा कोरोना भाइरसको महामारी फैलिएको बेला सो औषधीको सेवन गरेमा शरीरमा रोग प्रतिरोधात्मक क्षमता उच्च हुनगइ रोग लाग्नबाट बच्न सकिने अल नेपाल होमियोप्याथिक एशोसियसन गण्डकी प्रदेशका अध्यक्ष डा।विष्णुप्रसाद चापगाइले बताए । उनले औषधीले कुनै साइड इफेक्ट नगर्ने र सिकिस्त बिरामी, २ वर्ष भन्दा मुनिका बालबालिका तथा गर्भवती महिला बाहेक अरुले ढुक्कसँग बिहान् उठने बित्तिकै खाली पेटमा सेवन गर्न सकिने बताए ।

अल नेपाल होमियोप्याथिक एशोसियसन नेपाल गण्डकी प्रदेशका उपाध्यक्ष तथा किरण होमियो फार्मेसी रामबजारका सञ्चालाक नर्स किरण गुरुङले उक्त औषधीको निःशुल्क व्यवस्थापन गरेका थिए ।

यसै गरी तमू प्ये ल्हु संघका केन्द्रिय अध्यक्ष हितकाजी टु तमूले आफूहरुलाई सो औषधी जतिसक्दो चाँडो १ लाख थान उपलब्ध गराइ दिनुहुन एशोसियशनसँग आग्रह गर्दै एशोसियशनबाट सो औषधी पर्यप्त मात्रमा आफूहरुलाई प्राप्त भएमा भोलिदेखि नै तमू प्ये ल्हु संघको इकाइहरु, भातृ सङगठनहरु, प्रदेश समिति तथा जिल्ला समिति लगायत क्षेत्रीय समाजहरुलाई समेत वितरण गर्ने बताएका छन ।

आज पहिलो चरणमा कार्यक्रममा सहभागि १ सय जनालाई सो औषधी वितरण गरिएको संघका महासचिव हर्क योजा तमूले जानकारी गराएका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार