राजनीति
शनिवार कपिलबस्तुमा छुट्टा छुट्टै स्थानमा गरी दुईको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लका अनुसार एक महिला हुन एक पुरुष ।
जिल्लाको वाणगङ्गा नगरपालिका वडा नं ८ गण्डौलीका ३७ वर्षीय भूमिराज भुसालको शनिबार शव फेला परेको हो । अत्याधिक मदिरा सेवन र छारे रोगका कारण उनको ज्यान गएको जनाइएको छ।
यस्तै बुद्धभूमि नगरपालिका–९ बरकुलपुर जंगलमा एक महिलाको शव फेला परेको छ।
एक हप्ताअघि हराएकी ५५ वर्षीया पवित्रा थापाको शव रहेका स्थानमा विषादी पनि फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।