logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

सिस्ने ४ पोखरामा टिपरबाट खसेर सहचालको मृ’त्यु


  • राजनीति
  • आइतबार, जेष्ठ ३२ २०७७

रुकुम पुर्व – टिपरबाट खसेर एक जनाको मृ’त्यु  भएको छ । रुकुम पुर्व सिस्ने गाउपालिका वडा न ४ पोखरामा सहचालकको टिपरबाट खस्दा टिपरको पछाडिको पाङ्ग्राले कि’चेर सहचालक रोल्पा रुन्टीगढी गाउँपालिका– ६ का २१ वर्षीय चन्द्रबहादुर विकको मृ’त्यु भएको प्रहरीले जनाएको छ।

दाङबाट इट्टा लिएर सिस्ने ३ अर्मला चौरमा निर्माणाधिन स्वास्थ्य चौकीका इट्टा दुवानी सेवाको रा१ख १४३५को टिपरबाट खसेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिनेश गुरुङका अनुसार सहचालक विकले टिपरको छतमा बसेर तलतिर झरेका बिजुलीको तारलाई माथि बनाउने र चालकले टिपर अगाडि बढाउने गरिरहेका थिए। सोक्रममा भुइँमा खस्दा उनलाई टिपरले कि’चेको थियो।

चालक घोराही उपमहानगरपालिकाका ४९ वर्षका ओमप्रकाश घर्तीमगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार